Monday, December 23

शिक्षा

विराजभक्तसँग रविले भनेः जनताले आफैं बुझेका छन्

विराजभक्तसँग रविले भनेः जनताले आफैं बुझेका छन्

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यले आफूप्रति गरेको व्यवहार जनताले बुझेको बताएका छन् । सभापति लामिछानेलाई हिरासतमा भेट्न शुक्रबार पोखरा पुगेका संसदीय दलका उपनेता विराजभक्तसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् । सभापति लामिछानेको भनाइ उधृत गर्दै श्रेष्ठले भने, ‘अब त मैले केही भन्नै परेन । पहिले त मैले बोल्नु परेको थियो । अहिले राज्यले के गरेको छ । जनताले आफैं बुझेका छन् ।’ लामिछानेलाई हिरासतमा राखेको शुक्रबार ३५ दिन पुगेको छ । जनताले दुख पाउनु हुँदैन भन्ने सभापतिको इच्छा बमोजिम विरोधको प्रदर्शनको शैली फेरिएको श्रेष्ठले बताए । भेटपछि प्रतिक्रिया दिने क्रममा श्रेष्ठले एमालेको आजको प्रदर्शन औचित्यहिन भएको बताए वर्तमान सरकार डरको मानसिकताबाट बनेको र सत्तारुढ दुई दलले गरेको साँतबुँदे सहमतिमा काम हुन नसकेको श्रेष्ठले बताए । ‘यो सरकारको निर्माण न...
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा बस दुर्घटना भएको छ । शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ख ६०५६ नम्बरको बस आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । बस भित्तामा ठोकिएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ ।...
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

What's Hot, कृषि, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो। प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ । आचारसंहिता उल्लङ्घन भए÷गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर १६ गते आइतवार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम...
‘माओवादीको माहोल र मतदाता बढेको छ’

‘माओवादीको माहोल र मतदाता बढेको छ’

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि १६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा १६ मंसिरमा हुने उपनिर्वाचनमा प्रमुख तीन दलबीच, त्यसमा पनि एमाले–माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । २०७९ सालको निर्वाचनमा गौरीशंकरमा पहिलो दल बन्दै अध्यक्षसहित पाँच वडामा माओवादी केन्द्रले जितेको थियो । गौरीशंकरको नेतृत्व सम्हालिरहेको माओवादीले उपाध्यक्षमा निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ । २०६८ सालदेखि माओवादीमा क्रियाशील शेर्पा हाल गौरीशंकर पालिकाको कोषाध्यक्ष छन् । माओवादी उम्मेदवार शेर्पासँग चुनावी अवस्थाका बारेमा गरिएको संवादः तपाईंलाई माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार बनाएको छ । मतदाताबीच के एजेन्डा लिएर गइरहनुभएको छ ? चुनावी चहलपहल बढेको छ । जितेपछि मैले गर्ने कामहरू लिएर जनतामा पुगिरहेकी छु । म गाउँमै बसेर हिजो पनि जनताको सेव...
फुलकोर्टको निर्णय विरुद्ध सर्वोच्चमै मुद्दा

फुलकोर्टको निर्णय विरुद्ध सर्वोच्चमै मुद्दा

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसीर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले गरेको निर्णयको वैधतालाई नै चुनौती दिई संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको छ । पाँच जना वरिष्ठ कानुनविद्हरूले सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयलाई चुनौती दिएका हुन् । उनीहरूले सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) बाट पारित भएको मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ का कतिपय प्रावधान खारेज हुनुपर्ने माग गरेका छन् । अब प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका पाँच वरिष्ठ न्यायाधीशहरूले आफैं संलग्न भई पूर्ण बैठकबाट गरेको निर्णयको संवैधानिक र न्यायिक परीक्षण गर्नुपर्नेछ । विवाद के हो ? मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ अनुसार, कतिपय मुद्दाका कसुरदारहरू माथिल्लो अदालतमा पुनरावेदन गर्दा कैदमै बस्नुपर्छ । जन्मकैदको सजाय पाएको, १० वर्षभन्दा बढी कैद सजाय पाएको, अनुसूची–१ र २ का मुद्दामा तीन वर्षभन्दा बढी कैद सजाय पाएको व्यक्तिले कैदमै ब...
पर्सिदेखि धरहरा सञ्‍चालन हुने

पर्सिदेखि धरहरा सञ्‍चालन हुने

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं। धरहरा ९ मंसिरदेखि पुनः सञ्‍चालनमा आउने भएको छ । मन्त्रिपरिषद्‍को बैठकले धरहरा सञ्‍चालन नहुँदासम्‍म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्‍चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ । संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खोलिएको धरहराको टुप्पो पुर्‍याउने लिफ्ट दुई महिनामै बिग्रिएको थियो । विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई महिना बन्द रहेको थियो ।...
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय

उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ । हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको छ । एयरलाइन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बर देखि नै उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको उल्लेख गरेको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौँबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्च हवाई भाडा लिएको भनी आएको जनगुनासो प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । एयरलाइन्सले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको पनि जानकारी गराएको ेछ । एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘हिमालय एयरलाइन्सले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचि...
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, सुचना/संचार, स्वास्थ्य
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे"ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ। यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीले जनाएको छ । जसअनुसार प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। सिमित अवधिको लागि आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु.१००० क्यासब्याक पनि प्राप्त गर्न सकिने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।...
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल

सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
चितवन । देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि लगानी बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् । यसैक्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पहिलो पाँच तारे होटेल रोयल टुपील निर्माण सम्पन्न भई आगामी अँग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा ल्याउन लागिएको छ । झन्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका वडा–५ जनकौली सामुदायिक वन कार्यालय अगाडि नै केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भई लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा आउन लागेको हो । होटलमा झन्डै १ अर्ब ५० करोड बढी लगानी भएको छ । विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवर...
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, सुचना/संचार, स्वास्थ्य
काठमाडौँ । ‘आइएमई पे’ले ‘बैंक लिङ्क गरौँ, मोबाइल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ । यो योजना मार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आइएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको जनाइएको छ । मङ्सिर ६ देखि माघ ६ गतेसम्म २ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरू गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले एउटा स्मार्टफोन जित्न सक्ने कम्पनीको भनाइ छ । प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आइएमई पे एपमार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्ने जनाइएको छ । यो अफरमा सहभागी ह...