Monday, December 23

शिक्षा

लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, लुम्बिनी । लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको छ । कानिङ सेडुप लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारद्वारा निर्मित उक्त गुम्बाको आज एक समारोहकाबीच बौद्ध गुरु छोकी निमा रिन्पोछे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले उद्घाटन गरे। बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट हजारबुद्ध महाविहार निर्माण भएको जानकारी दिए। उनले बुद्धको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा खुसी लागेको बताए । कोषका उपाध्यक्ष लामाले उक्त गुम्बा निर्माणले बुद्ध दर्शनको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने उल्लेख गरे । उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनीमा बिहार निर्माणले बौद्ध पर्यटनमा टेवा पुग्ने बताए । विहार उद्घाटन अघि यही मङ्सिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो। ...
कफी खेतीमा युवा आकर्षित गर्नुपर्छ : कृषिमन्त्री

कफी खेतीमा युवा आकर्षित गर्नुपर्छ : कृषिमन्त्री

What's Hot, कृषि, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् । २०औं राष्ट्रिय कफी दिवसका अवसरमा शुक्रबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो र जलवायु अर्गानिक कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको बताए । कफीको उत्पादन र उत्पादकत्वमा व्यापक सुधारको आवश्यक रहेको उनले बताए । सार्वजनिक–निजी साझेदारीका साथै कफी मूल्य शृङ्खलाका सबै चरणमा संलग्न व्यक्ति, किसान, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताबीच समन्वय र सहकार्यको आवश्यक रहेको उनले बताए ।...
दरबारमार्गबाट ओलीले भने- कसले कमाएको छ, जनताले देखेका छन्

दरबारमार्गबाट ओलीले भने- कसले कमाएको छ, जनताले देखेका छन्

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको आरोपहरू खण्डन गर्न पनि लायक नरहेको बताएका छन् । पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले भने, ‘हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन् ।’ ओलीले आफूमाथि लगाइने गरेको कुनै पनि आरोप कसैले नपत्याएको जिकिर गरे । ‘ती कुनै कुरा कसैले पत्याउँदा पनि पत्याउँदैनन्’, उनले भने, ‘उनीहरू आफैं बोल्छन् एकछिनपछि युट्युब खोलेर आफैं सुन्छन् र आफैं दंग पर्छन् । अनि सबै मानिस भ्रममा परे होला भन्ठान्छन् ।’ जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ, छैन जनतालाई थाहा भएको तर्क गरे । ‘कोही पनि भ्रममा परेका छैनन् । भ्रममा पर्दैन जनता’, उनले भने, ‘जनताले देखेको छ । कसले कति कमाएको छ कसले कति कमाएको छैन । कसले आफन्तको नाममा थुपारेको छ, कसले छैन...
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ

जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा सवारी धनी पक्षले पीडितपक्षलाई दिने क्षतिपूर्ति तथा क्रिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ ।...
बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फिर्ता गरिँदै, रविलाई ल्याउने तयारी

बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फिर्ता गरिँदै, रविलाई ल्याउने तयारी

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ । पोखरा फिर्ता गराउनका लागि जोशीलाई प्रहरीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ लगेको छ । जोशीलाई पोखरा पुर्‍याएपछि भोलि शनिबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ । रविलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी रहेको परिसर स्रोतले जानकारी दियो । यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पुर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई ...
अनिश्चितकालका लागि नयाँ राहदानी वितरणको काम ठप्प

अनिश्चितकालका लागि नयाँ राहदानी वितरणको काम ठप्प

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् । हिजो बिहीबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताउँछन् । ‘प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरको छौं,’ उनले भने,’तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुन्छ ।’ विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पर...
घुमेर आऊँ भनेर चीन जान लागेको होइन : ओली

घुमेर आऊँ भनेर चीन जान लागेको होइन : ओली

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताएका छन् । काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरणसभालाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताए । उनले भने, ‘चीन भ्रमण अत्यन्त सफल रहनेछ । यो कुरा फर्केर आएपछि थाहा पाउनुहुनेछ ।’ १७ मंसिरदेखि हुने चीन भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने उनले स्पष्ट पारे । उनले अगाडि भने, ‘त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन । देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसैगरी हाम्रा भ्रमणहरूलाई सफलता पूर्वक उल्लेख्य ढंगले प्रस्तुत गर्ने गरेका छौं । र, उदाहरणीय पनि हुनेछ यो कुरा ढुक्कले म भन्न चाहन्छु ।’...
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि

बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ परियोजना बीआरआईमा हस्ताक्षर गर्न नहुने बताएका छन् । बीआरआई सही हो कि होइन भनेर प्रतिनिधि सभामा छलफल हुनुपर्ने पनि उनले बताए । जनकपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले भने, ‘प्रधानमन्त्रीज्यूले अहिलेयित्तिकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्नुहुन्न।’ यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई भनिसकेको उनको भनाइ छ । उनले भने, ‘अमेरिकी परियोजना एमसीसीमा पनि बृहत् छलफल भएको थियो । बीआरआईमा पनि छलफल आवश्यक छ ।’ बीआरआईमार्फत ऋण नभई अनुदान मात्र लिनुपर्ने कांग्रेसको स्पष्ट अडान रहेको उनले बताए । बीआरआईलाई लिएर अहिलेको सरकारलाई कुनै असर नपर्ने उनले बताए ।...
रास्वपा लक्षित प्रधानमन्त्रीको प्रश्न- सहकारी ठगी गरेर अरुलाई गाली गर्ने?

रास्वपा लक्षित प्रधानमन्त्रीको प्रश्न- सहकारी ठगी गरेर अरुलाई गाली गर्ने?

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’ साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’ उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओ...
०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

०८४ को चुनावसम्म अहिलेकै समीकरण रहन्छ : प्रधानमन्त्री

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन्। ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्।’ प्रधानमन्त्री ओलीले ओलीले सरकार ढल्ने भ्रममा नपर्नु आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरेका छन् । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने । तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने । भ्रम छर्नेहरूले भाका सार्...