Monday, December 23

शिक्षा

शंकर पोखरेलले भने : एमाले नेतृत्वसँग जोडिने काण्डहरुको छानबिन गरौं

शंकर पोखरेलले भने : एमाले नेतृत्वसँग जोडिने काण्डहरुको छानबिन गरौं

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् । दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् । एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको उनले बताए । ‘छानबिन गरौं न, के फरक पर्छ !’, उनले भने । महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे । अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलले बताए । ‘त्यहाँ लगानी प्रमाणित गरे यसैलाई थपेर दिने सार्वजनिक रुपमा भनिसक्नु भएको छ’, पोखरेलले भने ।...
लोडसेडिङ अन्त्य ओलीले गर्नुभयो, जस अरूले लिइरहेका छन् : महासचिव पोखरेल

लोडसेडिङ अन्त्य ओलीले गर्नुभयो, जस अरूले लिइरहेका छन् : महासचिव पोखरेल

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन् । पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गरे । ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने । महासचिव पोखरेलले भारतबाट विद्युत् आयात गरेर नेपालबाट लोडसेडिङको युग अन्त्य गरेको तर्क गरे । ‘अध्यक्ष ओलीको त्यही योजनाको परिणामस्वरुप हामीले भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर, विद्युत आयात गरेर नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेत...
आयात–निर्यात सामान्य सुधार, चार महिनामा पौने ६ खर्ब वैदेशिक व्यापार

आयात–निर्यात सामान्य सुधार, चार महिनामा पौने ६ खर्ब वैदेशिक व्यापार

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा आयात–निर्यात दुवैमा सामान्य सुधार भएको छ । भन्सार विभागका अनुसार साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो । त्यस्तै निर्यातमा समेत सामान्य सुधार भएको छ । यस वर्ष पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो । कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ । जुन अघिल्लो आव यसै अवधिको तुलनामा सामान्य धेरै हो । गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो । चार महिनामा व्यापार ...
धितोपत्रमार्फत एनआरएनको लगानी भित्र्याउन निर्देशिका संशोधन, के छ व्यवस्था ?

धितोपत्रमार्फत एनआरएनको लगानी भित्र्याउन निर्देशिका संशोधन, के छ व्यवस्था ?

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । धितोपत्रमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेको छ । इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन भएको हो । सरकार र एनआरएनको संयुक्त लगानीमा इन्भेस्टमेन्ट कम्पनी खुल्नेछन् । तिनै इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिएर एनआरएनका लागि नै सेयर जारी गर्न पाउने व्यवस्था निर्देशिकामा समेटिएको हो । सरकार र एनआरएनको संयुक्त लगानीका इन्भेस्टमेन्ट कम्पनीले ४९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा घटी नहुनेगरी अरु गैरआवासीय नेपालीका लागि सेयर जारी गर्न सक्छन् । ‘गैरआवासीय नेपालीकै सेयर लगानीमा इन्भेष्टमेन्ट कम्पनी खुल्छन् र ती कम्पनीले नेपालका विभिन्न पूर्वाधार तथा आयोजनामा लगानी गर्छन्’ बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले भने...
विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, पोखरा । अप्राकृतिक दोहनको चपेटामा परेका कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले नदीको अस्तित्व नै संकटमा पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर संकट निम्तिने खतरा बढेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले एक विज्ञप्तिमार्फत् जनाएको छ । उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ । कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ । यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डक...
कांग्रेसले भन्यो– चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ

कांग्रेसले भन्यो– चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ

What's Hot, कृषि, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ । नेपाली कांग्रेसले गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने ठहर गरेको हो । छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले भने यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने बताए । ‘बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’, उनले भने, ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्‍यो, अनुदानमै धेरै प्रतिबद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो ।’ डा. म...
विप्लव नेतृत्वको नेकपाले भोलि भृकुटीमण्डपमा सभा गर्दै

विप्लव नेतृत्वको नेकपाले भोलि भृकुटीमण्डपमा सभा गर्दै

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार भृकुटीमण्डपमा सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनको ११औं वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको छ । पार्टीका प्रवक्ता प्रकाण्ड सीका अनुसार सभा दिउँसो १२ बजेदेखि हुनेछ ।
पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै

पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । उनीसँगको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने भएको छ । उनलाई मध्यान्ह पोखरा पठाउन लागिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिए । जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेक...
उत्तरपश्चिम पाकिस्तानमा साम्प्रदायिक हमलामा ४३ को मृत्यु, केही स्थानमा कर्फ्यू

उत्तरपश्चिम पाकिस्तानमा साम्प्रदायिक हमलामा ४३ को मृत्यु, केही स्थानमा कर्फ्यू

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा परेर ४३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा भएको हमलामा सो संख्यामा मानिसहरूको निधन भएको हो । अधिकारीहरूका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको छ भने मोबाइल सेवासमेत बन्द गरिएको छ । प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए । लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातीबीच झडप भइरहेको छ । वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् । त्यस्तै, आक्रमणमा १६ जना घाइते भएका छन् । एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने शर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउँदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्र...
‘क्रेडिट रेटिङ’ ले विदेशबाट ल्याउने ऋणको लागत डेढ प्रतिशतसम्म घट्न सक्ने

‘क्रेडिट रेटिङ’ ले विदेशबाट ल्याउने ऋणको लागत डेढ प्रतिशतसम्म घट्न सक्ने

What's Hot, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । नेपालले सार्वभौम ‘कन्ट्री रेटिङ’ मा पाएको ‘डबल बी माइनस’ नतिजाले विदेशबाट ल्याउने ऋणको लागत डेढ प्रतिशतसम्म घट्ने देखिएको छ । अहिले विदेशी ऋणदाताले नेपाली कम्पनीहरूलाई दिने ऋणमा ४ देखि ४.५ प्रतिशतसम्म जोखिम वापत प्रिमियम जोडिरहेको स्टान्डर्ड चार्टर्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखशमशेर जबराले बताए । अहिलेको रेटिङले १.५ प्रतिशतसम्म लागत प्रिमियम कम हुन सक्ने उनकाे भनाइ छ । ऋणको लागत घट्दा व्यावसायिक लागत कम पर्ने उनले बताए । तर, यस्तो दर आजको भोलि नभई क्रमशः घट्ने उनले बताए । स्टान्डर्ड चार्टर्ड बैंकले नेपालकाे कन्ट्री रेटिङ सल्लाहकारको भूमिकामा काम गरेको थियो ।...